नारायणगढ जेसीजको संचालक समितीको द्रोस्रो बैठक सम्पन्न।

2024-02-21

नारायणगढ जेसीजको संचालक समितिको दोसो बैठक सम्पन्न।


नारायणगढ जेसीज वर्ष २०२४ को संचालक समिति दोसो बैठक मिती २०८० माघ २७ गते शनिवारका दिन शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा नारायणगढ जेसिजको सचिवालयमा सम्पन्न भएको छ।


उक्त बैठकबाट संचालक समितीको प्रथम बैठक को माइन्यूट अनुमोदन, अधिल्लो महिनाको प्रतिवेदन अनुमोदन, बर्ष २०२४ का मनोनयन अनुमोदन, पात्रो प्रकाशन तथा पारिवारिक वनभोज कार्यकम गर्ने निर्णय सहित अन्य महत्वपुर्ण निर्णयहरु गरेर बैठक समापन भएको थियो।


बैठकमा संचालक समिति सदस्य, साधारण सदस्यहरु सहित आदरणीय पुर्व अध्यक्षज्यूहरुको उत्साहजनक उपस्थिति रहेको थियो।


कानुनी सल्लाहकार जेसी रविन्द्र कुमार श्रेष्ठले  स्वागत मन्तव्य राख्नु भएको तथा उपाध्यक्ष जेसी सुवास कंडेलले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त बैठकमा सदस्यले विभिन्न छलफलमा बोल्न समय दिइएको थियो भने पुर्व अध्यक्षज्यूहरुले विभिन्न प्रस्तावहरुमा महत्वपुर्ण राय एवम् सुझाव दिनुभएको थियो।

जय जेसीज????

JCI News Archive