लेखनाथ जेसीजको स्थापना दिवस स्वास्थ्य शिविर सहित सम्पन्न

2024-02-23

युवाहरुको व्यक्तित्व तथा नेतृत्व निर्माणमा समर्पित लेखनाथ जेसीजले आफ्नो २६ औ स्थापना दिवस भब्य रुपमा मनाएको छ। लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रकाश राई भाटको सभाध्यक्ष्यतामा जेसीज गाउँ भनी चिनिने पोखरा २७ बडहरेमा सामुदायिक भवनमा  सभाध्यक्ष, प्रमुख अतिथी, संस्थापक अध्यक्ष,  विशिष्ट अतिथीद्वारा  संयुक्त रुपमा केक काटेर मनाइएको थियो भने स्वास्थ्य शिविर को उद्घाटन प्रमुख अतिथी वडाध्यक्ष पुर्ण कुमार गुरुङ ज्यु बाट डा. सन्दिप ओझा ज्युलाइ मेडिकल सामग्री प्रदान गरेर गरिएको थियो।  वडा न २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हंसपुर इलाका कार्यालय डाडाको नाकका प्रहरी निरिक्षक याम नारायण अर्याल, सन्स्थापक अध्यक्ष बाबुराम जमर्कट्टेल, मातृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा, लेखनाथ सामुदायिक प्रहरी सेवा तथा सामुदायिक   सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, नागरीक परोपकार समन्वय समिती कास्कीका अध्यक्ष चिरञ्जीवी तिवारी, धर्मशाल टोल विकास सस्थाका अध्यक्ष रामप्रसाद तिमिल्सेना, बडहरे टोल विकास सस्थाका अध्यक्ष भरत गन्दर्भ तथा लेखनाथ सामुदायिक सन्क्रमण अस्पताल का कन्सल्टेन्ट तथा जेनरल प्र्याक्टिसनर डा. सन्दिप ओझा पोखराअ लेडि जेसीज अध्यक्ष जेसी गायत्री पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यको क्रममा  लेखनाथ जेसीजले युवाको सशक्तिकरण तथा समाज निर्माणमा लेखनाथ जेसीजले गरेको योगदानको प्रशन्शा गर्दै समयानुसार नेतृत्व निर्माण गर्न सक्ने एक मात्र संस्था जेसीज रहेको जानकारी गराउनुभएको थियो।

पोखरा २७ ताल्चोकमा रहेको पश्चिमाञ्चल डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा सम्पन्न स्वास्थ्य शिविरमा १४५ जनाले परिक्षण गरेका थिए जहाँ निशुल्क सुगर,  रगतको खराब बोसो  ( टिजि), प्रेसर तथा अन्य विविध स्वास्थ्य सम्बन्धी जाच, काउन्सेलिङ साथै निशुल्क औषधि वितरण गरिएको थियो।

उपाध्यक्ष जेसी शिवानी केसीको संयोजकत्वमा सम्पन्न कार्यक्रम मा स्वागत मन्तव्य जेसी शिवानी केसी, आस्था पाठ कार्यकारिणी उपाध्यक्ष  जेसी प्रबलमणि भण्डारी, धन्यवाद मन्तव्य निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज एरिया बि कोअर्डिनेटर जेसि चन्द्रप्रकाश ढुंगाना तथा कार्यक्रम सन्चालन महासचिव जेसी मौसम बरालले गर्नुभएको थियो।


JCI News Archive