गाेसाईकुण्डमा तेस्राे बाेर्ड बैठक सम्पन्न

2024-03-12

मिति २०८० फाल्गुण २६ गते गते शनिवार तदनुसार ९ मार्च २०२४ का दिन देवघाटधाम जेसीजकाे एैतिहासिक तेस्राे बाेर्ड बैठक त्रिशुली नदिकाे उद्गमस्थल, पवित्र धार्मिक तथा एैतिहासिक स्थल रसुवा जिल्लाकाे गाेसाईकुण्डमा रहेकाे हाेटल नमस्तेमा सम्पन्न भएकाे छ ।

देवघाट गाउँपालिका भित्र रहेकाे विभिन्न पर्यटकिय क्षेत्रहरूकाे प्रचारप्रसार स्वरूप गाेसाईकुण्ड सम्म यात्रा गरेकाे देवघाटधाम जेसीजकाे टाेलीले साेहि स्थानमा बैठक सम्पन्न गरेकाे हाे ।

बैठकमा अागामी दिनहरूमा गरिने कार्यक्रमहरूकाे बारेमा छलफल र विशेष गरि पर्यटकिय क्षेत्र देवघाटधाममा नव वर्ष २०८१ काे अवसरमा पाल्नुहुने सम्पुर्ण भक्तजन तथा पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने निर्णय गरियाे । साथै देवघाटधाम जेसीजले गत महिनामा सम्पन्न गरेका कार्यहरूकाे रिपाेर्टहरूमा छलफल गरि आवश्यक निर्णयहरू गरि सम्पन्न गरियाे ।

JCI News Archive