बेनि नगरपालिका-४,सिङ्गा अवस्थित श्री धवलागिरि मा.बि. मा विध्यार्थी हरुको आँखा
जाँच गरि बिध्यालय आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ। म्याग्दि जेसिज को आयोजना
र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दिको प्राबिधिक सहयोग मा
संचालित उक्त कार्यक्रम मा बेनि नगरपालिका-४ का वडा अध्यक्ष तथा श्री धवलागिरि
मा.बि. बिध्यालय ब्यस्थापन समिति का अध्यक्ष अण बहादुर खड्का को प्रमुख आतिथ्यता , नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष तथा पुर्व अध्यक्ष सिनेटर
धनन्जय कुमार श्रेष्ठ को बिशिस्ट आतिथ्यता रहेको कार्यक्रम को संचालन कार्यक्रम
संयोजक जेसि सुस्मिता थापा मगरले गनुभएकाे थियाे ।
८९ जना छात्र,१०० जना छात्रा र २२ जना शिक्षक शिक्षिका गरि जम्मा २११ जना को आँखा जाँच गरिएको
कार्यक्रम का संयोजक जेसि सुस्मिता थापा मगर ले जानकारी गराईन!कार्यक्रम मा प्रमुख अतिथि र बिशिष्ट अतिथि ले १८
बर्ष देखि ४० बर्ष भित्र का युवाहरु को तर्फ बाट यो खाल को कार्यक्रम गर्दा युवा
हरु मा मानविय सेवाकाे भाव जाग्ने बताएका थिए।
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दि का प्रमुख नेत्र अधिकृत आफु स्वंयम रहेको ले आफैले प्राबिधिक को समेत भुमिका खेलेका थिए! यो कार्यक्रम बाट विद्यार्थी हरु को दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृस्टी नसा,रेटिना आदि गरि आँखा को पुर जाँच गरिएको उनले वताए ।