राजविराज जेसीजद्वारा १ दिने महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर (CERVICAL CANCER) एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना

2024-03-14

राजविराज जेसीजको आयोजना र नेपाल परिवार नियोजन संघ सप्तरी शाखाको सहकार्यमा १ दिने महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर (CERVICAL CANCER) एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । महिलाहरूमा देखिने घातक रोग पाठेघरको मुखको क्यान्सर (CERVICAL CANCER) एवं स्त्री यौनाङ्गको सम्पूर्ण परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जेसी सुनित कुमार मुन्नाले बताए ।
अन्य वक्ताहरुमा राजविराज जेसीजकी पूर्व अध्यक्ष जेसी नानीमैया कटवाल (पुनम पोखरेल)ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यो कार्यक्रमले महिला स्वास्थ्यको क्षेत्रमा टेवा पुग्ने बताइन । राजविराज जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष जेसी विप्लव आनन्दले महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले पक्कै पनि समाजमा एउटा बेग्लै छाप छोड्ने बताए ।



आगामी दिनमा पनि राजविराज जेसीजले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदैं अगाडि बढ्ने राजविराज जेसीजका महसचिव जेसी पंकज कुमार देवले बताए ।

JCI News Archive