बेनि नगरपालिका-६, अर्थुङ्गे अवस्थित श्री जामुनाखर्क मा.बि. मा बिद्यार्थि हरुको आँखा जाँच गरि बिद्यालय आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दि जेसिज को आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दिको प्राबिधिक सहयोग मा संचालित उक्त कार्यक्रम मा बेनि नगरपालिका-६ का वडा अध्यक्ष श्री कृष्ण सिङ् बानियाँ को प्रमुख आतिथ्यता , बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष यादव सुबेदी को बिशिस्ट आतिथ्यता रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक जेसि गोकुल बिश्वकर्मा को रहेको थियो ।
६५ जना छात्र,५३ जना छात्रा र ३२ जना शिक्षक शिक्षिका र अन्य गरि जम्मा १५० जना को आँखा जाँच गरिएको कार्यक्रम का संयोजक जेसि गोकुल बिश्वकर्मा ले जानकारी गराए।कार्यक्रम मा प्रमुख अतिथि र बिशिष्ट अतिथि ले जेसिज मा आवद्ध १८ बर्ष देखि ४० बर्ष भित्र का युवा हरु को आफ्नो नेतृत्व र ब्यक्तित्व बिकास गर्ने उद्देश्य रहे पनि यो खाल को कार्यक्रम जेसिज बाट गर्दा युवा हरु मा मानविय सेवा भाव जाग्ने र समाज सुमुदाय मा सेवा भाव को बिकास हुने बताएका थिए! म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्याग्दि का प्रमुख नेत्र अधिकृत आफु स्वंयम रहेको ले आफैले प्राबिधिक को समेत भुमिका खेलेका थिए। यो कार्यक्रम मा ४ जना विद्यार्थी हरु मा दृस्टि भ्रम भएका फेला परिएको र उक्त दृष्टि भ्रम का विद्यार्थी हरु लाई नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा मार्फत नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखरा बाट चस्मा माग गरि नि:शुल्क बितरण गरिने उनले बताए।अन्य विद्यार्थी हरु को दृष्टि परिक्षण संग संगै आँखाको भित्री भागहरु दृस्टी नसा,रेटिना आदि गरि आँखा को पुर जाँच गरि केहि विद्यार्थी हरु लाई औषधि समेत उपलब्ध गराईएको थियो।