जगन्नाथ मन्दिरमा म्याग्दी जेसीजको पर्यटन प्रवर्धन कार्यक्रम

2024-03-16

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा शनिबार म्याग्दी जेसिजले प्रवर्धनात्मक कार्यक्रम गरेको छ।

१५औं शताब्दीमा निर्माण भएको प्यागोडा शैलीको जगन्नाथ मन्दिर परिसरमा जेसिजले होल्डिङ बोर्ड स्थापना गरेको छ ।

बेनि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाले होल्डिङ बोर्डको अनावरण गर्नुभयो । उहाँले जगन्नाथ र पुलाचाैर क्षेत्रको विकासका लागि प्रयास गरिरहेको बताउनुभयो।

बेनीदेखि पुलाचाैर हुँदै बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिका लागि प्राथमिकता दिएको बताउनुभयो ।

धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाले बेनी पछै जगन्नाथ ढाेलथान टोड्के मालिका क्षेत्रलाई जोडेर धार्मिक पर्यटकीय बनाउन सकिने बताउनुभयो। जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले सहज सडक यातायातको व्यवस्थाका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाको नेतृत्वमा शाखा पदाधिकारीहरूको टोलीले जगन्नाथको ऐतिहासिक र धार्मिक महत्त्वका विषयमा स्थानीय सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो।

म्याग्दीका पर्यटकीय तथा धार्मिक स्थलहरूको प्रवर्धन गर्ने उद्देश्यले सञ्चालित अभियान अन्तर्गत जगन्नाथमा कार्यक्रम गरिएको कार्यक्रमका संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो । म्याग्दी जेसिजका महासचिव सज्जन श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुमन बानियाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

म्याग्दी जेसिजले यसै हप्ता बेनी नगरपालिकाका तीनवटा विद्यालयका ६०० जना भन्दा बढी शिक्षक र विद्यार्थीहरूको आँखा परीक्षण पनि गरेको छ।

प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना बोकेको गाजने स्थित जगन्नाथ मन्दिर ओझलमा परेको छ। जगन्नाथ मन्दिर नजिकैको केभिलबाट अन्नपूर्ण धौलागिरी निलगिरी लगायत हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ।

जगन्नाथ मन्दिरमा रहेको डिम्ब महाराजको मूर्ति साउनको शुक्लटृतियाका दिन मात्र खुला हुने गरेको छ। म्याग्दीको सदरमुकाम बेनि देखि अर्थङ्गे पुलाचौर हुँदै एक घण्टा सवारी साधनको यात्रापछि गाजानी स्थित जगन्नाथ मन्दिरमा पुग्न सकिन्छ।

JCI News Archive