बुधबारे जेसिजले Good Parenting सम्बन्धि तालिम सम्पन्न गर्यो ।'' Empowering Parents for Nurturing Future Leaders''.

2024-03-17

मितिः २०८०/१२/०३ गते शनिबार (16th March 2024)

बुधबारे जेसिजले असल अभिभावकत्व (Good Parenting) सम्बन्धी तालिम सम्पन्न गरेको छ । बुधबारे जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसि दिपेश आचार्यले गरेका थिये। कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडा सदस्य तथा कार्यपालिका सदस्य श्री तुलशा खतिवडा रेग्मी ज्यु, विशेष अतिथि बुधबारे जेसिजका संस्थापक कार्यकारिणी उपाध्यक्ष जेसि मनेष दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो। बालबाटिका मन्टेश्वरीका शिक्षक कर्मचारी , अभिभावक, वडा १ का वडा सदस्य सुमित्रा रसाइली , मन्टेश्वरीका कार्यकारी प्रमुख छत्र कोइराला , सन्चालक कृष्ण ढकाल , बुधबारे जेसिजका निवर्तमान अध्यक्ष जेसि अर्जुन ढकाल तथा जेसिज सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष सिंहले बुधबारे जेसिजले JCI Frame Work मा रहेर कार्यक्रम सन्चालन गर्दै आएको र आजका बालबालिका भोलिका देशका कर्णधार र समाजका नेतृत्व हुन र उनिहरुको हेरचाह , असल खानपान र पालनपोषण तपाई हाम्रो दायित्व भएकोले नानिबाबुहरुको सर्वाङिण विकासका निम्ति हामी सचेत रहनु पर्ने भन्दै भोलिका दिनमा यस्ता रचनात्मक गतिविधि अझ प्रभावकारी ढङ्गले सन्चालन गर्ने र यस कार्यमा जोडिन युवाहरुलाइ आवहान गर्दै कार्यक्रममा सहजिकरण गर्नुहुने ट्रेनर प्रतिमा खरेल ,कार्यक्रमको ब्यवस्थापन मिलाइदिनुहुने बालबाटिका मन्टेश्वरीका सन्चालक समिती परिवार लगायत उपस्थित सबैमा धन्यवाद ज्ञापन गरि कार्यक्रमको समापन गरेका थिये।

कार्यक्रम संयोजक जेसि दिपेश आचार्यले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिये भने जेसिज आस्थापाठ जेसि कुशल अधिकारीले वाचन गरेको कार्यक्रमको संचालन महासचिव जेसि गजुहाङ योङ्हाङले गरेका थिये।

JCI News Archive