पाल्पा जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सामाजिक सस्था पाल्पा जेसीजकाे आयोजनामा १ दिने प्रभावकारी उदघोषण तालिम सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको तालिमकाे प्रमुख अतिथि पाल्पा जेसीजका पुर्व अध्यक्ष एवम तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य रहेका थिए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक जेसी दिनेश खड्काले तालिममा कार्यक्रम कसरी चलाउने, सञ्चालकमा हुनु पर्ने गुण, प्रष्ट वक्ता कसरी बन्ने लगायतका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले उद्घोषण तालिमले बोल्ने कलाको विकास गर्न सहयोग पुर्याउने बताए । तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि असल उद्घाेषककाे रूपमा आफुलाई स्थापित गर्ने गरि अग्रसर हुन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा पुर्व अध्यक्षद्वय जेसी शुसिल प्रधान र जेसी पुर्णराज शाक्यले उद्घोषणकलाले जीवन सहज हुने बताए । उद्घाेषण पनि एउटा कला हो । यसको सही सदुपयोग गर्न सक्यो भने राम्रो प्रगति गर्न सकिने बताए । तालिमले कलाको विकासका साथै क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि थप सार्थक रहेको कुरामा जाेड दिए ।
कार्यक्रम पाल्पा जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षता ,जेसी बालकृष्ण बस्यालको संयोजकत्व र महासचिव जेसी बिजय कार्कीको सन्चालनमा सम्पन्न भएको छ | तालिमको समापनमा बोल्दै अध्यक्ष जेसी कार्कीले व्यक्तिको क्षमता विकास तथा कुशल उद्घोषक उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । तालिमबाट सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायतमा निर्धक्कका साथ आफना भनाई राख्न सक्ने जनशक्ति उत्पादन हुने विस्वास उनले व्यक्त गरेका छन् । बिशेष गरि जेसिजले १८ देखि ४० बर्ष भित्रका उमेर समुहका युवाहरूकाे अन्तर्निहित क्षमताकाे पहिचान गर्ने र ती युवाहरूकाे व्यक्तित्व एवम नेतृत्व विकासका लागि सकारात्मक र रचनात्मक कृयाकलापहरू सञ्चालन गर्दै आएकाे अध्यक्ष कार्कीले बताए ।