भद्रपुर जेसीजको आयोजनामा तथा भद्रपुर जुनियर जेसीजको सह-आयोजनामा "Effective Public Speaking Training" मा ३२ जनाको सहभागीता रहेको थियो। उक्त कार्यक्रमको अध्यक्षता भद्रपुर जेसीजका अध्यक्ष जेसी दिपक पाण्डेले गर्नुभएको थियो, प्रमुख अतिथि भद्रपुर नगरपालिकाका वडा न. ८ का वडा अध्यक्ष श्री गौरव सुब्बा(मनोज)ज्यु, भद्रपुर जेसीजका पुर्ब अध्यक्ष ज्युहरु, अतिथि नेपाल जेसीजबाट प्रशिक्षक जेसी प्रवेश दुलाल, भद्रपुर जेसीजका बोर्डका पदाधिकारी ज्युहरु, मातृत्व प्रदान गरेको शाखा कचनकवल जेसीजका अध्यक्ष जेसी बेनुपराज प्रसाईं ज्युको समेतको उपस्थिति रहेको थियो। कार्यक्रम पूर्ब अध्यक्ष ज्युहरुको प्रतिनिधित्व गर्दै भनपा वडा न.७ का वडाध्यक्ष एवं भद्रपुर जेसीजका पुर्व अध्यक्ष जेसी अभिषेक ढुंगाना ज्युले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य भद्रपुर जेसीजका उपाध्यक्ष एवं यस कार्यक्रम संयोजक जेसी सुरज श्रेष्ठज्युले गर्नुभएको थियो, जेसीज आस्था बाचन कानुनी सल्लाहकार जेसी सुरेन्द्र खडका(हिमाल) ज्युले राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिव जेसी शेखर बुढाथोकी ज्युले संचालन गर्नुभएको थियो।