मिति २०८० चैत्र १४ गते बुधबार
म्याग्दि जेसिज द्वारा आयोजित दोश्रो संचालक समिति को बैठक केहि महत्वपूर्ण निर्णय सहित सम्पन्न भएको छ! बैठक मा प्राभावकारि भाषण कला तालिम,ट्राफिक जनचेतना कार्यक्रम ,म्याग्दि बहुमुखि क्याम्पस नि:शुल्क आँखा जाँच कार्यक्रम हरु संचालन गर्ने प्रस्ताव गरि सर्वसम्मत निर्णय समेत गरिएको म्याग्दि जेसिज का महासचिव जेसि सज्जन श्रेष्ठ ले बताए |म्याग्दि जेसिज संचालक समिति प्रमुख सल्लाहकार तथा नेपाल जेसिज का नोम इडिटर जेसि सन्दिप खत्री र निवर्तमान अध्यक्ष जेसि सुमन बानियाँ को विशेष उपस्थिति रहेको बैठक मा स्वागत मन्तव्य म्याग्दि जेसिज का कार्यकारिणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेल ले राखेका थिए | दोश्रो संचालक समिति को बैठक द्वारा निर्णय गरिएका कार्यक्रम हरु मध्य प्रभावकारि भाषण कला तालिम म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ को प्रमुख प्रशिक्षण मा चैत्र १७ गते शनिबार तालिम संयोजक जेसि धनमाया श्रेष्ठ को संयोजकत्व मा, म्याग्दि बहुमुखि क्याम्पस आँखा जाँच कार्यक्रम नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनि म्यग्दि को प्राबिधिक सहयोग मा चैत्र २५ गते आईतवार म्याग्दि जेसिज का साधारण सदस्य जेसि सुर्य गौतम को संयोजकत्वमा र ट्राफिक जनचेतना कार्यक्रम म्याग्दि जेसिज का साधारण सदस्य जेसि कपिल बानियाँ को संयोजकत्व मा र नव बर्ष को शुभकामना आदान प्रदान कार्यक्रम म्याग्दि जेसिज का साधारण सदस्य जेसि आशिक भण्डारी को संयोजकत्व मा संचालन गरिने शाखा अध्यक्ष जेसि दिनेश बानियाँले बताए|