राजविराज जेसीजको आयोजनामा सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न

2024-03-30

कार्यक्रम : सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम
क्षेत्र : सामाजिक
संयोजक : जेसी रिया रोय संचेती
स्थान : राजविराज जेसीज कार्यक्रम हल
मिति : २०८० चैत १७ गते शनिवार तद्नुसार मार्च ३०, २०२४
अध्यक्षता : अध्यक्ष जेसी विप्लव आनन्द
सहभागी : ५६ जना (जेसीज सदस्य तथा समाजिक अभियन्ता)
उद्देश्यः
सामाजिक रूपमा जनचेतना फैलाई सडक दुर्घटना न्यूनीकरण गर्नु ।


कार्यक्रमको संक्षिप्त विवरणः
राजविराज जेसीज २०२४ ले सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम संचालन गरेको छ । २०८० चैत्र १७ गते शनिवार तद्अनुसार मार्च ३० तारिखका दिन राजविराज जेसीजको आफ्नै हलमा अध्यक्ष जेसी विप्लव आनन्दको अध्यक्षतामा सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी तालिम सञ्चालन भएको हो । तालिममा उद्घोषन महासचिव जेसी पंकज देवले गर्नुभएको थियो । तालिममा राजविराज जेसीजका पूर्व अध्यक्ष ज्यूहरूका साथै सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


तालिमको सुरुवाती चरण औपचारिक रहेकोले सामूहिक राष्ट्रिय गान तथा जेसीज आस्थापाठसँगै कार्यक्रम शुरु गरिएको थियो । तालिममा सहभागी अध्यक्ष जेसी विप्लव आनन्दको शुभकामना मन्तव्यसँगै अगाडि बढेको तालिममा प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक जिल्ला सप्तरी ट्राफिक कार्यालयका प्रमुख मेदनी प्रसाद साहले उपस्थित भएका सम्पूर्ण सहभागीलाई विषयवस्तुसँग रहेर सडकमा गरिने व्यवहार तथा ट्राफिक नियम सम्बन्धी विभिन्न भिडियो सहितको सैद्धान्तिक तथा कानुनी कुराहरूमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा राजविराज जेसीजका पूर्व अध्यक्ष जेसी मनोहर पोखरेलले सडक व्यवहार तथा ट्राफिक कानुन र नैतिक विषयवस्तुमा प्रशिक्षित गराउनु भएको थियो । उक्त तालिममा पूर्व अध्यक्ष जेसी सिद्धार्थ तातेड,  जिल्ला सप्तरी ट्राफिक कार्यालयका क्रमशः इन्द्रवीर श्रेष्ठ, टेक बहादुर बस्नेत, नवीन बहादुर कार्की, स्ववियु सदस्य अनिल यादव लगायतको उपस्थिति रहेको थियो ।


अन्त्यमा, वर्ष २०२४ का निवर्तमान अध्यक्ष जेसी उज्ज्वल काबरा लगायत सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा तालिमको समापन मन्तव्य दिने क्रममा अध्यक्ष विप्लव आनन्दले यस्ता किसिमका तालिमले सामाजिक रूपमा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धि भई सडक दुर्घटनामा कमी आउने बताउँदै उपस्थित सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै तालिमको समापन भएको घोषणसँगै सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त तालिममा राजविराज जेसीजका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको  थियो ।


करिब ३ घण्टा लामो तालिममा सहभागी सम्पूर्ण सदस्य मित्रहरूबिच सौहार्दपूर्ण वातावरणमा सुशिक्षित भई अन्तिममा खाजा ग्रहण गरी तालिमको समापन गरिएको थियो ।


JCI News Archive