नारायणगढ जेसीजको संचालक समितिको तेस्रो बैठक सम्पन्न।
नारायणगढ जेसीज वर्ष २०२४ को संचालक समिति तेस्रो बैठक मिती २०८० चैत्र ११ गते आईतवारका दिन शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा म्यग्दी जिल्लाको वेनी बजारमा सम्पन्न भएको छ।
उक्त बैठकबाट संचालक समितीको दोस्रो बैठक को माइन्यूट अनुमोदन, प्रतिवेदनहरु अनुमोदन, NAFAL 3.0 आयोजना गर्ने निर्णय, नयाँ बर्ष शुभकामना कार्यकम गर्ने निर्णय सहित अन्य महत्वपुर्ण निर्णयहरु गरेर बैठक समापन भएको थियो।
बैठकमा संचालक समिति सदस्य, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो भने वर्ष २०२१ का अध्यक्ष एवं सदस्यता अभिवृद्धि समिति प्रमुख आदरणीय सिनेटर वासुदेव दवाडीज्यूको प्रेरणादायक विशेष उपस्थिति रहेको थियो।
कोषाध्यक्ष जेसी राजेश ढकालले स्वागत मन्तव्य राख्नु भएको तथा कार्यकारिणी उपाध्यक्ष जेसी रामबाबु पुडासैनीले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको उक्त बैठकमा संचालक सदस्यहरुलाई विभिन्न एजेन्डामा छलफलमा भाग लिने अवसर प्रदान गरिएको थियो भने पुर्व अध्यक्षज्यूले विभिन्न प्रस्तावहरुमा महत्वपुर्ण राय एवम् सुझाव दिनुभएको थियो।
जय जेसीज????