नारायणगढ जेसीजको प्रथम साधारण सभा सम्पन्न।
नारायणगढ जेसीज वर्ष २०२४ को प्रथम साधारण सभा मिति २०८० चैत्र १७ गते शनिवारका दिन शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा नारायणगढ जेसीजको सचिवालयमा सम्पन्न भएको छ।
सभामा बिभिन्न एजेन्डामा महत्वपुर्ण निर्णय गरिनुका साथै जनवरी देखी मार्च सम्मको कार्यक्रमको तथा बोर्ड अफ ट्र्ष्टिजको बैठकको जानकारी गरिएको थियो । उक्त सभामा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरु सहित नारायणगढ जेसीज वर्ष २०१२ का शाखा अध्यक्ष श्री खेमराज भट्टराई, नारायणगढ जेसीज वर्ष २०१३ का शाखा अध्यक्ष तथा पूर्व राष्ट्रिय कोषाध्यक्ष सिनेटर बिष्णु लम्साल,नारायणगढ जेसीज वर्ष २०१४ का शाखा अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार सिनेटर मनोजराज श्रेष्ठ ,नारायणगढ जेसीज वर्ष २०१७ का शाखा अध्यक्ष सिनेटर बाबुराम रामदाम,नारायणगढ जेसीज वर्ष २०२१ का शाखा अध्यक्ष सिनेटर बासुदेव दवाडी,सहितको गरिमामय सहभागिता रहेको थियो।
जनसम्पर्क अधिकारी जेसी मोहन सापकोटाले स्वागत मन्तव्य र शिक्षा संयोजक जेसी बिपिन कंडेलले धन्यवाद मन्तव्य राख्नु भएको उक्त सभाको संयोजन जेसी कमल बस्यालले गर्नु भएको थियो।
जय जेसीज????