बर्दघाट जेसीज र श्री उदय युवा क्लबको संयुक्त आयोजना, बर्दघाट नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोग तथा नेपाल नेत्रज्योती संघ डा. बिनोद निता कंडेल आँखा अस्पताल परासी नवलपरासीको प्राबिधिक सहयोगमा एक दिने नि:शुल्क आँखा शिवीर बर्दघाट नगरपालिका वडा नं ३ लागुनाहामा सम्पन्न भएको छ l
कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शम्भुलाल श्रेष्ठले नगरले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरी बिभिन्न किसिमको शिविरहरु संचालन गरिएको बताउदै शिविर संचालन गर्न रकम बिनियोजन गरेकोमा बर्दघाट ३ का जनप्रतिनिधिलाई धन्यवाद ब्यक्त गर्नुभयो l वडाले शिविरको ब्यबस्थापन गर्दा नगरबाट विनियोजित रकमले शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई नि:शुल्क शल्यक्रिया हुने श्रेष्ठले बताउनुभयो l हामि नगरबासीको स्वास्थ्यमा सम्बेदनशील छौ , घर आँगनमा शिविर संचालन भएको हुँदा नगरबासीले यसको लाभ लिनु पर्नेमा श्रेष्ठले जोड दिनुभयो l
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा वडा नं ३ का वडा अध्यक्ष प्रकाश चन्द्र अधिकारीले वडाले यस्ता वडा बासीको आँखाको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गरेको बताउनुभयो l यसै कार्यक्रममा उहाँले वडा नं ३ को वडा पत्र र अत्यन्त जरुरी फोन नं भएको पुस्तक समेत सार्वजनिक गर्दै वडा बासीले एउटा पुस्तक भित्र सबै कुरा समेटिएको बताउनु भयो l
उक्त शिविरमा करीव ३ सय जनाको आँखा निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो। सो शिविरमा भेटिएका २८ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत गरीने छ । शिविरमा आँखा जाँच गराएकामध्ये सबै जना बिरामीहरूलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरमा बर्दघाट जेसीज बर्ष २०२४ का अध्यक्ष युवराज चापागाईको स्वागत र महासचिव नारायण पाण्डेको संचालनमा सम्पन्न भएको थियो l