मिति २०८१ बैशाख ०१ गते
म्याग्दि जेसिज ले नव बर्ष २०८१ को उपलक्ष्यमा नव बर्ष शुभकामना आदान प्रदान कार्यक्रम तथा क्यालेन्डर बिमोचन कार्यक्रम म्याग्दि जेसिज को सचिवालय मा जेसिज सदस्य हरु बिच सम्पन्न गरेको छ!
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता, संस्थापाक अध्यक्ष तथा बेनि नगरपालिका-७ का वडा अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष जेसि बिजय श्रेष्ठ र पुर्व अध्यक्ष तथा म्याग्दि उद्योग बाणिज्य संघ का अध्यक्ष जेसि सुबिन श्रेष्ठ द्वय को बिशिष्ट आतिथ्यता रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक म्याग्दि जेसिज का साधारण सदस्य जेसि आशिक भण्डारि ले गरेका थिए!
नव बर्ष २०८१ को यो बर्ष ५०० थान क्यालेन्डर छपिएको र उक्त क्यालेन्डर हरु म्याग्दि जिल्ला का सबै पालिका हरु मा बितरण गरिने म्याग्दि जेसिज क्यालेन्डर प्रकाशन समिति का संयोजक तथा शाखा सम्पादक जेसि अनिल पौडेल ले जानकारी दिए!
प्रमुख अतिथि संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ ले जेसिज को यो नियमित कार्यक्रम ले जेसिज सदस्य हरु बिच आपसि सम्बन्ध र बन्धुत्व को भावना बिकास गराउने हुना ले यसको छुट्टै महत्व भएको चर्चा गर्नु भयो!