देवघाट बैशाख १
देवघाटधाम जेसीजले नयाँ वर्ष २०८१ पानी वितरण गरी मनाइएको छ ।
देवघाटधाम जेसीजकाे प्रोजेक्ट-२०२४ कार्यक्रम अन्तर्गत नयाँ वर्षकाे पावन अवसरमा आज पवित्र धार्मिक तीर्थस्थल देवघाटधामको वेणी संगममा नयाँ वर्षलाई स्वागतम् सँगै पानी वितरण गरी नयाँ वर्ष मनाइएको सो कार्यक्रमका संयोजक तथा देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी करिष्मा गुरूङले बताए । देवघाटधाममा हरेक दिन देशका विभिन्न स्थानबाट धार्मिक पर्यटनहरू स्नान गर्न आउने गर्छन नयाँ वर्षमा अझै धेरै तीर्थयात्रीहरू आउने भएको हुदाँ त्यसैलाई मध्येनजर गरी निशुल्क पानी वितरण कार्यक्रम सँगै देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूकाे सहयाेगार्थ छात्रवृत्ती वितरणका लागि सहयाेग संकलन समेत गरिएको संयोजक गुरूङले जानकारी दिए ।
देवघाटधाम जेसीजले पछिल्लाे समय पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित देवघाट क्षेत्रको प्रचारप्रसार गर्दै देवघाटधाम सम्म बहने काली गण्डकीकाे शिरकाे रूपमा रहेकाे मुक्तिनाथधाम र त्रिशुली नदिकाे शिरमा रहेकाे गाेसाईकुण्डधाम सम्मकाे यात्रा गरिसकेकाे छ । पर्यटन र उद्दमशीलतामा युवा नेतृत्व भन्ने प्रकरणमा वर्ष २०२४ लाई अगाडि बढाउने क्रममा देवघाटधाम जेसीजले सिङ्गाे देवघाट गाउँपालिकालाई नै पर्यटन क्षेत्रमा अगाडि बढाउने उद्देश्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताउनु भयाे ।
साेहि कार्यक्रममा देवघाटधाम जेसीजले देवघाट क्षेत्रकाे पर्यटन प्रवर्धनमा हाम्राे अभियान भन्ने नारा सहित देवघाटधाम क्षेत्र र देवघाट गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय स्थलहरूकाे प्रचारप्रसार गरेका अध्यक्ष मल्लले जानकारी दिनुभयो । साथै स्थानीय उद्दमशील युवाहरूद्वारा उत्पादित सामाग्रीहरूकाे प्रचार प्रसार तथा विक्रिवितरणमा समेत जाेड दिने याेजना रहेकाे देवघाटधाम जेसीजका अध्यक्ष मल्लले बताउनु भयाे ।
निशुल्क पानी वितरण कार्यक्रमका लागि श्री कालिका माध्यमिक विद्यालय देवघाट-५, तनहुँबाट शैक्षिक सत्र २०५८ मा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेका साथीहरूबाट सहयाेग प्राप्त भएकाे थियोे भने कार्यक्रमलाई सफल बनाउन देवघाट गाउँपालिका र देवघाट क्षेत्रविकास समितिबाट सहयाेग प्राप्त हुनेमा विश्वस्त रहेकाे देवघाटधाम जेसीजका काेषाध्यक्ष जेसी अर्जुन सुवेदीले बताउनु भयाे । साथै देवघाटधाम जेसीजले हरेक वर्ष विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै नयाँ वर्ष मनाउँदै आइरहेको बताउदैँ नयाँ वर्षको दिन आज १ सय कार्टुन पानी वितरण गर्न सफल भएको देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले जानकारी दिनुभयो ।
नयाँ वर्ष नयाँ जोस सँगै राखिएको पानी वितरण कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्ले,देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरूङ,देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,देवघाट गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,शिक्षा शाखाका कर्मचारी शुभद्रा भट्टराई लगाएतको उपस्थिति रहेको थियोे ।
साथै सो पानी वितरण कार्यक्रमलाई सफल बनाउनको लागि लागि देवघाटधाम जेसीजलाई मातृत्व प्रदान गर्दै आएको मातृशाखा गितानगर जेसीजका अध्यक्ष जेसी युवराज अधिकारी लगाएतको टिमले सहयोग गरेका थिए । भने देवघाटधाम जेसीज र लियाे क्लब अफ देवघाट चाैतारीका सदस्यहरू स्वयंसेवककाे रूपमा सेवामा गरेका थिए ।
भने उक्त कार्यक्रममा छात्रवृत्तिको लागि सहयोगी गर्नुभएका व्यक्तहरूलाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियोे ।