देवघाट बैशाख ८
देवघाटधाम जेसीजले विगतका वर्षजस्तै यस वर्ष पनि भित्तेपात्रो प्रकाशन गरेका छन् । सो भित्तेपात्रो सार्वजनिक आज शनिबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख उपस्थितिमा सार्वजनिक गरिएको हो ।
आज देवघाटधाम जेसीजले २०८१ सालको भित्तेपात्रो विमोचन सँगै शाखा अनुगमन तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको छ । सो कार्यक्रममा आफ्नो भनाइ राख्दै देवघाट गाउँपालिकाका अध्यक्ष एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य तिल बहादुर थापाले देवघाटधाम जेसीजले देवघाटको पर्यटन प्रवर्दनका लागि धेरै कार्यक्रम गर्दै आएको बताए । देवघाटका १८-४९ भित्रका युवाहरूको व्यक्तितब, नेतृत्व र क्षमता विकासको लागि जेसीजको भुमिका महत्वपूर्ण रहन्छ भन्दै आवश्यक परेको खण्डमा जेसीजको लागि देवघाट गाउँपालिका सदैव सकारात्मक रहने बताए ।
साथै देवघाटधाम जेसीजको संस्थागत विकासको लागि शाखाको भवन निर्माणको लागि पायक पर्ने ठाउँमा जग्गा समेत उपलब्ध गराउने अध्यक्ष थापाले प्रतिवद्वता व्यक्त गरे । जेसीज आस्था अनुसार शासन विधिको नभई व्यक्तिको हुँदा गाउँपालिको काममा धेरै अप्ठ्यारो र समस्या भईरहेको भन्दै अध्यक्ष थापाले विधिको शासन सन्चालन हुने हो भने सबै समस्या समाधान हुने बताए । सो कार्यक्रममा नेपाल जेसीज २०२४ की राष्ट्रिय उपाध्यक्ष एवं देवघाटधाम जेसीजकी निरुपित उपाध्यक्ष जेसी स्वप्ना पौडेल भन्डारीले देवघाटधाम जेसीजले स्थापनाकाल देखि नै राम्रो काम गर्दै आएको बताइन् ।
उनले आफू निरूपिन उपाध्यक्ष नहुदाँ देखि नै देवघाटधाम जेसीजलाई हेर्दा आएको बताउदैँ देवघाटधाम जेसीजलाई नेपाल जेसीजले अनुगमन गरिरहेको बताउदैँ देवघाटधाम जेसीजको लागि आफुले के गर्नुपर्छ त्यो काम गर्न तयार रहेको बताईन । देवघाटधाम जेसीजका वर्ष २०२४ का अध्यक्ष रघु मल्लको अध्यक्षतामा भएको सो कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष मल्लले वर्ष २०२४ मा देवघाटधाम जेसीजले सम्पादन गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य पुर्णबहादुर कुँवरले देवघाटको युवाहरूलाई देवघाटधाम जेसीजले सकारात्मक तर्फ डोर्याउदै आएको बताए । जेसीज एउटा तालिमको विश्व भण्डार भएको हुदाँ युवाहरूमा बिग्रने समयमा तालिमले सहि तर्फ हिड्न सिकाएको छ भने ।
उक्त कार्यक्रममा नेपाल जेसीज वर्ष २००६ का राष्ट्रिय उपाध्यक्ष जेसी महेशराज भट्टराई, नेपाल रेडक्रस सोसाइटी देवघाट कोषाध्यक्ष माधवप्रसाद उपाध्याय लगाएतले मन्तव्य दिएका थिए भने भित्तेपात्रो प्रकाशन गर्नमा सहयोगमा पुर्याएका सम्पूर्ण सहयोगी सँस्थालाई सम्मान गरिएको थियोे । त्यस्तै गरि वर्ष-२०२४ मा सुरू भए लगत्तै सँस्थालाई अगाडि बढाउन हरदम सहयोग दिदैँ आएका शाखाका कोषाध्यक्ष जेसी अर्जुन सुवेदी,उपाध्यक्ष जेसी रक्षा कार्की र निर्देशक जेसी प्रधुम्न प्याकुरेललाई सम्मान गरिएको थियोे ।
भने उक्त कार्यक्रममा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा लगाएत सम्पूर्ण बोर्डमा सदस्यहरूको सहभागीता रहेको थियोे । सो कार्यक्रम देवघाटधाम जेसीजका महासचिव प्रशन्न ढकालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा देवघाटधाम जेसीजका उपाध्यक्ष एवं सो कार्यक्रमको संयोजक शिशिर तिवारीले स्वागत मन्तव्य दिएका थिए ।