रत्ननगर जेसीजको पत्रकार सम्मेलन सम्पन्न भएको छ।रत्ननगर जेसीजले मिति २०८१ बैशाख ६ गते आयोजना गर्न लागेको सामुहिक व्रतबन्ध कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले मिति २०८० चैत्र २९गतेका दिन 90´s restaurant &Cafe मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।पत्रकार सम्मेलनमा रत्ननगर जेसीजका अध्यक्ष जेसी नरहरि पुरीले कार्यक्रमको बारेमा विस्तार गर्नु भएको थियो।सामुहिक वर्तबन्ध कार्यक्रमका संयोजक जेसी सचितराज जोशीले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो।उक्त कार्यक्रममा रत्ननगर जेसीज वर्ष २०१९ का अध्यक्ष सुवास पोख्रेल,महासचिव जेसि सुरेशजंग पाण्डे,उपाध्यक्ष जेसी सौरभ रिजाल,जेसी रोशन काप्री,जेसी सन्तोष दुवाडि लगायतको उपस्थिति रहेको थियो।