रत्ननगर जेसीजद्वारा सामुहिक व्रतबन्ध कार्यक्रम भब्यरुपमा सम्पन्न

2024-04-23



रत्ननगर जेसीजको आयोजनामा सामुहिक व्रतबन्ध कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।रत्ननगर नगरपालिका वडा नं २ स्थित शिवालय मन्दिर परिसरमा मिति २०८० बैशाख ६ गतेका दिन उक्त कार्यक्रमको आयोजना गरिएको थियो। रत्ननगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी नरहरि पुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती  प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया प्रमुख अतिथि,रत्ननगर नगरपालिका वडा नं ४का अध्यक्ष रामकुमार चौधरी ,निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी स्वप्न पौडेलको विशिस्ट आतिथ्यता रहेको थियो भने विभिन्न राजनितिक दलका प्रतिनिधि एवं  मातृ शाखा तथा विभिन्न छिमेकी शाखाका शाखा अध्यक्ष ज्युहरुको आतिथ्यता रहेको थियो। कार्यक्रममा १० जना बटुकको वैदिक विधिपुर्वक व्रतबन्ध गराइएको थियो भने बटुक एवं बटुकका आफन्तजन गरि २५० जनालाइ भोजन तथा प्रसाद ग्रहण गराइएको थियो।



JCI News Archive