पोखरा लेडी जेसीजको होलि मिलन कार्यक्रम

2024-04-25

आज मिती २०८०-१२-११ तदअनुसार २०२४ मार्च २४ तारिकका दिन जेसिआई पोखरा लेडि बर्ष २०२४ को कार्ययोजना अनुशार जेसिआई पोखरा लेडी बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयाल ज्युको शभा अध्यक्षतामा पोखरा ८ सिर्जनाचोक स्थित गाउँघर क्याफेको प्राङगणमा होली मिलन कार्यक्रम सुसम्पन्न गरीयो । कार्यक्रममा बर्ष 2006 का अध्यक्ष जेसि सजना महत ज्यु प्रमुख अतिथि रहनुभएको थियो भने पोखरा  लेडीका पुर्ब अध्यक्ष  ज्युहरुको पनि सहभागिता थियो । मात्रीशाखा पोखरा जेसीज बर्ष २०२४ का अध्यक्ष सहीत पुर्ब अध्यक्ष ज्युहरु साथै बोडका साथी हरुको सहभागीता रहेको थियो  जेसिआई पोखरा लेडी बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष श्री सुनीता गौतम भण्डारीज्युको जन्मदिनको शुभअवसरमा सस्थाका अध्यक्ष लगायत सम्पुर्ण साथीहरूले शुभकामना दिनुभएको थियो । यो कार्यक्रम पर्बको रूपमा मानिने हुँदा होलीको शुभकामना सहित विभिन्न नाचगान गरेर मनाईएको थियो ।

कार्यक्रममा नवआगन्तुक जेसिज मित्रहरुको उत्साहपुर्ण उपस्थिती रहेको थियो  कार्यक्रममा सामुहिक राष्ट्रिय गान राखिएको थियो  भने सामुहिक आस्था पाठ राखिएको थियो कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिता पाण्डे ज्युले गर्नुभएको थियो उहाँले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य सहित आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सम्पुणलाई संस्थाकि अध्यक्ष  जेसिगायत्रि फुयाल ज्युले आफ्नो अध्यक्ष मन्तब्य सहित धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सन्चालन सस्थाकि उपाध्यक्ष जेसी इसाआले ज्यु ले गर्नुभएको थियो ।

JCI News Archive