मिति 2081/01/08 गतेको दिन पोखरा लेडी जेसीजको बार्षिक कार्ययोजना अन्तरगतको भित्तेपात्रो विमोचन कार्यक्रम पोखरा 8 सृजना चोक स्थित गाउघर क्याफेको सभाकक्षमा पोखरा लेडी जेसीज बर्ष 2024 का अध्यक्ष जेसि गायत्री फुयाँल ज्यूको सभाध्यक्षता तथा गण्डकी प्रदेश शभा सदस्य माननीय प्रकाश बराल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। कार्यक्रममा विशेष अतिथि पोखरा लेडी जेसीज बर्ष 2005 का अध्यक्ष तथा पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष श्री संगिता पौडेल ज्यू र अतिथि पोखरा लेडी जेसीज बर्ष 2010 का अतिथि श्री गीता सिग्देल ज्यू को उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य संयोजक जेसि सृजना आलेले गर्नुभएको थियो। जेसीज आस्था पाठ कानुनी सल्लाहकार जेसी अनिता थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव जेसि नन्दकुमारी ढुङ्गाना ले गर्नुभएको थियो। क्यालिन्डर प्रकाशनमा व्यबसायी विज्ञान दिई सहयोग गर्नु हुने सम्पूर्ण व्यबसायी प्रतिष्ठान प्रति हार्दिक आभार व्यक्त गर्दछौं।