मिति 2081/01/08 गतेको दिन पोखरा लेडी जेसीजले अभिमुखीकरण तालीम सम्पन्न गरेको छ। सृजना चोक स्थित गाउघर क्याफेको सभाकक्षमा पोखरा लेडी जेसीज बर्ष 2024 का अध्यक्ष जेसि गायत्री फुयाँल ज्यूको सभाध्यक्षता तथा गण्डकी प्रदेश शभा सदस्य माननीय प्रकाश बराल ज्यूको प्रमुख आतिथ्यमा, पोखरा लेडी जेसीज बर्ष 2005 का अध्यक्ष तथा नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष श्री संगिता पौडेल ज्युको प्रमुख प्रशिक्षकत्वमा पोखरा लेडी जेसीज बर्ष 2024 का नयाँ सदस्य हरुलाई जेसिज संस्थाबारे अबगत गराउने उद्देश्य ले आयोजना गरिएकोले अभिमुखीकरण तालीम सभ्य र भब्य रुपमा सम्पन्न गरियो थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य संयोजक जेसि सृजना आलेले गर्नुभएको थियो। सहभागी को तर्फबाट नयाँ सदस्य सरिता भुजेल ज्यू ले आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रम संचालन सचिव नन्दकुमारी ढुङ्गाना ज्यूले गर्नु भएको थियो।