म्याग्दि जेसिज द्वारा शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता मा मिति २०८१ बैशाख १४ गते शुक्रबार (26 April 2024) बेनि नगरपालिका-७ अवस्थित सचिवालय मा तेस्रो संचालक समिति को बैठक सम्पन्न गरिएको छ! बैठक मा म्याग्दि जेसिज का पुर्व अध्यक्ष द्वय जेसि खम थापा मगर र जेसि बिरेन्द्र श्रेष्ठ को उपस्थिति रहेको थियो! बैठक द्वारा यहि अप्रील महिना भित्र म्याग्दि जेसिज को आयोजना र नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्र बेनि म्याग्दि को प्राविधिक सहयोग मा म्याग्दि जेसिज का वरिष्ठ कार्यकारीणि उपाध्यक्ष जेसि दिनेश बिश्वकर्मा को संयोजकत्वमा बेनि अस्पताल परिसर भित्र रक्तदान कार्यक्रम संचालन गरिने र म्यादि जेसिज द्वारा साधारण सदस्य डिके पुन को संयोजकत्व र उपाध्यक्ष द्वय जेसि गोकुल सुनार र गोकुल बिश्वकर्मा को सह-संयोजकत्व मा २ वटा पुराना लोक गित हरु को म्युजिक भिडियो निर्माण गरिने निर्णय गरिएको थियो!