(मिति २०८१ बैशाख १७ गते)
म्याग्दि जेसिज द्वारा नेपाल जेसिज ले सुरुवात गरेको JCI Nepal Rise कार्यक्रम अन्तर्गत SDG Goal 3, Good Health & Well-Being अन्तर्गत म्याग्दि शाखा को आयोजना र नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्र को प्राबिधिक सहयोगमा बेनि अस्पताल परिसर भित्र रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ!
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,बेनि नगरपालिका का प्रवक्ता,बेनि नगरपालिका-७ का वडा अध्यक्ष तथा म्याग्दि जेसिज का संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता,नेपाल रेड्क्रस सोसाइटी म्याग्दि जिल्ला शाखा का सभापति अमर बानियाँर बेनि अस्पताल बिकास समिति का अध्यक्ष ज्ञानेन्द्र सुबेदि द्वय को बिशिष्ट आतिथ्यता र म्याग्दि जेसिज सामुदायिक क्षेत्र तर्फ का कार्यकारीणि उपाध्यक्ष जेसि अमिर श्रेष्ठ को स्वागत रहेको कार्यक्रम को संचालन कार्यक्रम का संयोजक तथा म्याग्दि जेसिज का वरिष्ठ कार्यकारिणि उपाध्यक्ष जेसि दिनेश बिश्वकर्मा को रहेको थियो!
कार्यक्रम मा प्राबिधिक को रुप मा नेपाल रेड्क्रस सोसाइटी रक्त संचार केन्द्र का प्रमुख याम बहादुर थापा,भावना श्रेष्ठ र अनिता बि.क. ले भुमिका खेलेका थिए! रक्तदान कार्यक्रम मा १५ जना ले रक्त दान गरेको कार्यक्रम संयोजक जेसि दिनेश कुमार बिश्वकर्मा ले बताए!