शारदानगर जेसीज द्धारा रजत जयन्ती अन्तर्गतको जेसिस सप्ताह समापन समारोह तथा भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

2024-05-02


शारदानगर जेसीजको आयोजनामा रजत जयन्ती अन्तर्गतको जेसिस सप्ताह समापन समारोह तथा भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मिति २०८१/०१/१९ गते तदअनुसार २०२४ मे १ तारिख का दिन सु-सम्पन्न भ‌एको थियो जेसिज जिवनलाई सार्थक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जेसी लक्ष्मी केसि ले बताउनुभयो । 

अन्य वक्ताहरुमा छिमेकी शाखाहरूको प्रतिनिधित्व गर्दै मातृ शाखाका अध्यक्ष जेसी राजेन्द्र भट्टराई ले यो वर्ष शारदानगर जेसिज अन्य शाखा भन्दा उत्कृष्ट रहेको बताउनुभयो । 

त्यसैगरी अर्का वक्ता शारदानगर जेसिसका पूर्व अध्यक्ष जेसी गोपाल दराइले २५ वर्षको इतिहासमै यस बर्ष शाखा उत्कृष्ट रहेको बताउनुभयो। भने निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सपना पौडेल भण्डारीज्यूले अहिलेका शाखा अध्यक्षज्यू नेपाल जेसिसको कार्यसम्पादनमा एकदम अग्र स्थानमा रहेको बताउनुभयो। त्यसैगरी बोल्ने क्रममा वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरूणेश्वर खनाल ज्यूले लगातार दुई महिना सर्वोकृष्ट शाखामा आफूलाई चिनाउँदै शाखालाई माथिल्लो स्तरमा पुर्याइसकेकोमा २०२४ का शाखा अध्यक्षज्यूलाई अझै अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जेसीआइ सिनेटर महेश दाहाल ज्यूले वर्ष २०२४ का शाखा अध्यक्ष जेसी भुवन सापकोटा डाइनामिक लिडर भनी घोषणा गर्नुभयो साथै उहाँले आजको दिनसम्म अन्य कसैलाई डाइनामिक लिडर नभनेको तर वर्ष २०२४ का शाखा अध्यक्ष वास्तवमै डाइनामिक लिडर रहेको कुरा जानकारी गराउनु भयो। उहाँले बोल्ने क्रममा जेसिस ले सधैँ सकारात्मक कुराहरु मात्रै लिने र सकारात्मक सोच भएका युवाहरू मात्रै यस संस्थामा आबद्ध रहने पनि बताउनुभयो।

शारदानगर जेसीजका शाखा अध्यक्ष जेसी भुवन सापकोटा ज्यू ले सम्पूर्ण बोर्डको कार्यसमिति सकारात्मक सोचले भरिपूर्ण भएकाले र पूर्व अध्यक्षहरूको सही मार्गदर्शन रहेकोले रजत जयन्ती अन्तर्गतको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहज भएको बताउनुभयो। साथै सहजीकरण गर्ने सम्पूर्ण बोर्डका पदाधिकारी साथीज्यूहरू, निवर्तमान अध्यक्ष र सम्पूर्ण पूर्व अध्यक्ष ज्यूहरू लगायत सहयोगी प्रति हार्दिक आभार पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जसमा स्थानीय टोल विकास संस्थाका अध्यक्ष ज्यूहरू महिला समूहका अध्यक्ष ज्यूहरूको उपस्थिति रहेको थियो । 

आगामि दिनमा पनि समाजमा प्रत्यक्ष असर पर्ने खालका र नेतृत्व विकास गर्ने खालका कार्यक्रमहरुलाई जेसीजले निरन्तरता दिदैं अगाडि बढ्ने शारदानगर जेसीजका वर्ष २०२४ का शाखा अध्यक्ष जेसी भुवन सापकोटाले बताउनुभयो।

कार्यक्रममा जेसिज आस्था पाठ उपाध्यक्ष जेसी रेनुका पराजुली तिमिल्सिना र मिसन भिजन उपाध्यक्ष जेसी दिपेश आचार्य ले गर्नुभ‌एको थियो भने कार्यक्रम सञ्चालन जेसीज सप्ताह का मुल समारोह संयोजक जेसी रमेश घिमिरे ले गर्नुभएको थियो।

JCI News Archive