मिति २०८१ बैशाख २३ गते
नेपाल जेसिज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि अमर घिमिरे को आज २३ गते म्याग्दि जेसिज मा शाखा भ्रमण को क्रम मा म्याग्दि जेसिज द्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ!
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,नेपाल जेसिज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि अमर घिमिरे को प्रमुख आतिथ्यता,नेपाल जेसिज क्षेत्र ग का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि नवराज उपाध्याय को बिशिस्ट आतिथ्यता,म्याग्दि जेसिज का वरिष्ठ कार्यकारीणि उपाध्यक्ष जेसि दिनेश बिश्वकर्मा को स्वागत रहेको कार्यक्रम को संचालन म्याग्दि जेसिज का महासचिव जेसि सज्जन श्रेष्ठ ले गरेका थिए!
कार्यक्रम मा म्याग्दि जेसिज वर्ष २०२४ को कार्यकाल शुरु भए देखि हाल सम्म सम्पन्न कार्यक्रम को प्रतिवेदन महासचिव द्वारा प्रस्तुत गरि नेपाल जेसिज क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि अमर घिमिरे लाई बुझाईएको र अन्तरक्रिया समेत सम्पन्न गरिएको म्यग्दि जेसिज का मेडिया म्यानेजर जेसि कपिल बानियाँले बताए!