मिति २०८१ जेष्ठ ६ गते आईतवार
म्याग्दि जेसिज को आयोजना र अन्नपूर्ण गाउँपालिका को आर्थिक सहयोग मा अन्नपूर्ण अन्नपूर्ण गाउँपालिका-२,भुरुङ तातोपानी अवस्थित नेपाल रेड्क्रस सोसाइटी भुरुङ तातोपानी उपशाखा सभा हल मा गाउँपालिका भित्र का १० वटा मा.बि. बिद्यालय हरुमा अध्यनरत छात्रा हरु लाई प्रत्येक बिद्यालय बाट ४-४ जना को प्रतिनिधित्व अनुसार ४० जना छात्रा लाई आत्मरक्षा सम्बन्धि तालिम जेष्ठ ६ गते देखि ८ गते सम्म संचालन हुनेगरि शुरु भएको छ!
म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँको अध्यक्षता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष जेसि खम थापा मगर र निवर्तमान अध्यक्ष जेसि सुमन बानियाँको विशेष उपस्थिति,लमजुङ जेसिज का पुर्व अध्यक्ष प्रेम गुरुङ प्रमुख प्रशिक्षक,अन्जे गुरुङ सह-प्रशिक्षक र म्याग्दि जेसिज का कोषाध्यक्ष जेसि बिनोद घर्ति क्षेत्री को स्वागत रहेको कार्यक्रम को उद्घाटन समारोह को संचालन म्याग्दि जेसिज कि तालिम संयोजक जेसि धनमाया श्रेष्ठ को रहेको थियो!
तालिम मा सहभागी छात्रा हरुलाई आफ्नो आत्मरक्षा कसरि गर्ने भन्ने सिकाउनु को साथै भविष्य मा आत्म रक्षा प्रशिक्षण दिने प्रशिक्षक समेत सहभागी बाटै उत्पादन हुने गरि तालिम दिईने प्रमुख प्रशिक्षक प्रेम गुरुङ ले बताउनु भयो!