जेसिज गाउँ पुलाचौर मा प्रभावकारि भाषणकला तालिम सम्पन्न !

2024-05-23


                                म्याग्दि जेसिज को २६ औं स्थापना दिवस को अवशर मा आयोजित जेसिज सप्ताह-२०२४ को २०८१ जेष्ठ ९ गते देखि १५ गते सम्म अन्तर्गत को आज जेष्ठ  १० गते दोस्रो दिन को कार्यक्रम  बेनि नगरपालिका-५ अवस्थित जेसिज गाउँ पुलाचौर मा आमा समुह र युवा क्लव हरु का पदाधिकारी तथा सदस्य हरु लाई प्रभावकारि भाषणकला तालिम बेनि नगरपालिका-५ नं. वडा कार्यालय को सभाहल मा सम्पन्न भएको छ! 

         म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता, म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्री को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का कार्यकारीणि उपाध्यक्ष जेसि कृष्ण प्रसाद पौडेल को स्वागत,म्याग्दि जेसिज का मेडिया म्यानेजर जेसि कपिल बानियाँ को जेसिज आस्था पाठ बाचन रहेको कार्यक्रम को संचालन म्याग्दि जेसिज का उपाध्यक्ष जेसि गोकुल सुनार को रहेको थियो!

        म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का राष्ट्रिय सम्पादक जेसि सन्दिप खत्री ले प्रमुख प्रशिक्षक को रुप मा भुमिका निर्वाह गरेको प्राभावकारिह भाषणकला तालिम मा भिरमुनि युवा क्लव,पुरुण्डे युवा क्लव,नयाँ गाउँ युवा क्लव, एकता युवा क्लव र भृकुटी आमा समुह  बाट गरि जम्मा ३० जना पदाधिकारी तथा सदस्य हरु को सहभागीता रहेको म्याग्दि जेसिज का मेडिया म्यानेजर जेसि कपिल बानियाँले जानकारी गराए!

JCI News Archive