मिति: २०८१ जेष्ठ १२ गते शनिबार
२६ औं स्थापना दिवस को अवशर मा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह-२०२४ अन्तर्गत को चौंथो दिन को कार्यक्रम २० औं जिल्ला स्तरिय मा.बि. रनिङ कप लोक नृत्य प्रतियोगिता-२०८१, बेनिनगरपालिका-७ अवस्थित नेपाल भाषा मंकाखल को भवन मा आज जेष्ठ १२ गते सम्पन्न भएको छ!
शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,बेनि नगरपालिका का नगर प्रमुख सुरत केसि को प्रमुख आतिथ्यता, म्याग्दि जेसिज का संस्थापक अध्यक्ष,बेनि नगरपालिका का प्रबक्ता,बेनि नगरपालिका-७ का वडा अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता, जेसिज सप्ताह-२०२४ का मुल संयोजक जेसि दिनेश बिश्वकर्मा को स्वागत, म्याग्दि जेसिज कि साधारण सदस्य डेक माया के सि को आस्था पाठ रहेको कार्यक्रम को उद्घाटन समारोह को संचालन कार्यक्रम संयोजक तथा म्याग्दि जेसिज का कार्यकारिणि उपाध्यक्ष जेसि अमिर श्रेष्ठ को र प्रतियोगिता तथा समापन कार्यक्रम को संचालन महासचिव सज्जन श्रेष्ठ को रहेको थियो!प्रतियोगिता मा १२ वटा बिद्यालय ले भाग लिएका थिए! कार्यक्रम मा मुख्य प्रायोजक को रुप मा रोहित भट्टचन स्मृति कोष रहेको र सहयोगि संस्था को रुप मा सामाजिक बिकास कार्यालय बेनि म्याग्दि रहेको थियो!
प्रतियोगिता मा डिके पुन को संयोजकत्व मा जेसि गोकुल सुनार,बिश्वास बिश्वकर्मा गरि निन जना ले निर्णायकमण्डल को भुमिका निर्वाह गर्नु भएको र प्रतियोगिता मा माउण्ट एभरेस्ट आवासिय मा. बि. ले प्रथम स्थान,सामुदायिक मा.बि. ले द्वितीय स्थान र प्रकाश मा. बि. ले तृतीय स्थान हाँसिल गरि क्रमश: रु.१५०००/-, रु.९०००/- र रु.६०००/- पुरष्कार रासि प्राप्त गरेको मेडिया म्यानेजर जेसि कपिल बानियाँले बताए!