https://www.facebook.com/share/p/xy5MqgrgbMYuAFiw/?mibextid=oFDknk
वालिङमा प्राथमिक उपचार सम्बन्धि जनचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।
जेठ १४, वालिङ ।
वालिङ जेसीजकाे समन्वय एवं सहजीकरणमा स्याङ्जाको वालिङमा प्राथमिक उपचार सम्बन्धि जनचेतना तथा प्रशिक्षण कार्यक्रम गरेको छ । राष्ट्रकाे लागि याेगदानद्वारा आयाेजित साे कार्यक्रममा स्वास्थ्य शाखा वालिङकाे समेत सहजीकरण थियो ।
सोमबार वालिङ नगरपालिका ८ कटौंजेस्थित नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रमा राष्ट्रको लागि स्याङ्जा अध्यक्ष थानेश्वर न्यौपाने र वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तिवारी गैरेले योगदान राष्ट्रको लागि संस्था अति आवश्यक पर्ने संस्था रहेको बाउनुभयो । स्थानीय तहलाई अति आवश्यक रहेको संस्था रहेको भन्दै यस्ता तालिम गाउँगाउँमा गर्नुपर्ने बताउनुभयो । आगामी बर्षमा बार्षिक बजेटमा समावेश गरेर तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संस्थासंग समन्वय गरेर अघि बढ्न नगरपालिका तयार रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । वालिङमा कार्यक्रम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय समिति अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम प्रसाद उप्रेतीले शैद्धान्तिक र प्रयोगात्मक रुपमा प्राथमिक उपचार सम्बन्धि ज्ञान सिकाउनुभएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा ,योगदान राष्ट्रको लागि केन्द्रीय समितिका उपाध्यक्ष राहुल कौशल, सचिव विष्णुमणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य तथा प्रवक्ता हिरण्यराज उप्रेती, केन्द्रीय सदस्य खेमराज उप्रेती, उद्धव ढकाल, वालिङ नगरपालिका वडा नंं. ११ का अध्यक्ष दण्डपानी पंगेनी, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे, कार्यपालिका सदस्यहरु, वालिङ जेसीजका अध्यक्ष यज्ञपुरुष रिजाल, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष धर्म पराजुली, सदस्य गुप्तप्रसाद गैरे र विदुर कोइराला, विश्व हिन्दु महासंघ वालिङका अध्यक्ष सिताराम अधिकारी, वालिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति सन्दिप कँडेल, स्वास्थ्यचौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरु, बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु, वालिङ जेसीजका कार्यसमिति सदस्यहरू, समाजसेवी, बुद्धिजिवि, महिलालगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत वालिङ जेसीजका अध्यक्ष जेसी यज्ञपुरुष रिजाल र कार्यक्रम सञ्चालन खेमनारायण काफ्लेले गर्नुभएको थियो ।