२६ औं स्थापना दिवस को अवशर मा म्याग्दि जेसिज द्वारा आयोजित जेसिज सप्ताह-२०२४ अन्तर्गत को सातौं दिन को कार्यक्रम २६ औं स्थापना दिवस,समापन तथा पुरष्कार बितरण कार्यक्रम बेनि नगरपालिका-७ अवस्थित म्याग्दि जेसिज को सचिवालय मा आज मिति २०८१ जेष्ठ १५ गते सम्पन्न भएको छ।
शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष जेसि बिजय श्रेष्ठ र बाग्लुङ जेसिज का पुर्व अध्यक्ष तथा नेपाल जेसिज का पुर्व कानुनि सल्लाहकार जेसि सुदिप राजभण्डारि द्वय को बिशिष्ट आतिथ्यता, म्याग्दि जेसिज का वरिष्ठ कार्यकरिणि उपाध्यक्ष तथा जेसिज सप्ताह-२०२४ का मुल संयोजक जेसि दिनेश बिश्वकर्मा को स्वागत,म्याग्दि जेसिज कि साधरण सदस्य जेसि सुनिता श्रेष्ठ को आस्था पाठ रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा महासचिव जेसि सज्जन श्रेष्ठ को रहेको थियो।
जेसिज सप्ताह-२०२४ अन्तरगत को पहिलो दिन को कार्यक्रम निबन्ध लेखन प्रतियोगिता मा प्रथम,द्वितीय,तृतीय स्थान हाँसिल गर्ने क्रमशः प्रकाश मा.बि.,लिटिल गार्डेन एकेडेमी,सामुदायिक मा.बि. र न्यु वेस्ट प्वाईण्ट आवाशिय मा.बि. का छात्र तथा छात्रा हरुलाई र जेसिज सप्ताह-२०२४ अन्तर्गत को छैठौं दिन को कार्यक्रम अन्तर सदस्य हाँजिर जवाफ प्रतियोगिता मा प्रथम,द्वितिय,तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने क्रमशः महारानि थान समुह,लभ्लि हिल समुह,गुर्जा गाउँ समुह र गलेश्वर समुह लाई पुरष्कार राशि तथा प्रमाणपत्र बितरण गरिएको थियो।