शारदानगर जेसीजको आयोजनमा १ दिने योग शिविर सम्पन्न भएको छ । धर्मोदय क्लबको सभाहलमा संस्थाका अध्यक्ष भुवन सापकोटाको अध्यक्षतामा शिविर संचालन भएको हो ।
१० औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा भएको सो कार्यक्रम शारीरिक, मानसिक,अध्यात्मिक र चिन्तन बाट स्वस्थ रहने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तम बहादुर पुन रहेका थिए । उक्त योग शिविरमा योग प्रशिक्षक इश्वरी काफ्ले ले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तम बहादुर पुनको प्रमुख अतिथ्यता रहेको थियो भने कार्यक्रम संस्थाका कार्यकारिणि उपाध्यक्ष एवं कार्यक्रम संयोजक रमेश घिमिरेले सहजीकरण गरेका थिए । संस्थाले अषाढ १५ गते धान दिवसको अवसरमा किसान संग जेसीज कार्यक्रम गर्ने तय भएको संस्थाका अध्यक्ष भुवन सापकोटाले जानकारी दिए ।