दशाैं विश्व याेग दिवसकाे अवसरमा याेग ध्यान शिविर तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

2024-06-22

कार्यक्रम :-याेग ध्यान शिविर तथा प्रभाफेरी

मिती:-२०८१-०३-०७

स्थान:-थाहा जीवनयाेग प्रयाेगशाला

समय:-विहान ५वजे

थाहा नगरपालीकाकाे आयाेजना पालुङ जेसीजकाे सह आयाेजना तथा थाहा जीवनयाेग प्रयाेगशालाकाे सहजीकरणमा योग ध्यान शिविर तथा प्रभातफेरी कार्यक्रम  सम्पन्न गरिनुका साथै यश  संस्थाका अध्यक्ष जेसी निरज रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

१० औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा भएको सो कार्यक्रम शारीरिक, मानसिक,अध्यात्मिक र चिन्तन बाट स्वस्थ रहने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका नगर  प्रमुख आदरणीय  बिष्णु बहादुर बिष्ट ज्यू तथा पालुङ जेसीज वर्ष २००८ का शाखा अध्यक्ष ,वर्ष २०२४ का अध्यक्ष सल्लाहकार एवम् थाहा नगरपालीका उप-प्रमुख आदरणीय जेसी भरत गाेपाली ज्यू बिशिस्ट अथिती तथा थाहा जीवनयाेग प्रयाेगशालाका अध्यक्ष विमल ढाकाल आथित्यता सम्पन्न भएकाे थियाे  । उक्त योग शिविरमा योग प्रशिक्षक अादरणिय देबेन्द्र रूपाखेती ले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जीवनयाेग प्रयाेगशालाका कार्यसमिति सदस्य ज्यूहरू, परिक्षार्थीहरू ,विभिन्न संघ संस्थाका प्रतिनिधीहरू तथा पालुङ जेसीज संस्थापक अध्यक्ष ज्यू, पूर्व अध्यक्ष ज्यूहरू ,वर्ष २०२४का बाेर्डका पदाधिकारी ज्यूहरू ,संयाेजक ज्यूहरू लगाएत सदस्य ज्यूहरूकाे उल्लेखनीय  सहभागिता रहेको थियो।

JCI News Archive