नारायणगढ जेसीज वर्ष २०२४ को दोस्रो साधारण सभा मिति २०८१ असार ०१ गते शनिबारका दिन शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा गुलमोहर होटल, मिलनचोकमा सम्पन्न भएको छ।

2024-06-22

नारायणगढ जेसीजको दोस्रो साधारण सभा सम्पन्न।


नारायणगढ जेसीज वर्ष २०२४ को दोस्रो साधारण सभा मिति २०८१ असार ०१ गते शनिबारका दिन शाखा अध्यक्ष जेसी राजेन्द्र भट्टराईको अध्यक्षतामा गुलमोहर होटल, मिलनचोकमा सम्पन्न भएको छ।


 सभामा संचालक समिति बैठक, कार्यकारिणी समिति बैठकहरुका माइन्युट बाचन गरी अनुमोदन गरिनुका साथ अन्य महत्वपुर्ण निर्णयहरू गरिएको थियो।


 उक्त सभामा साधारण सदस्यहरु, संचालक समिति सदस्यहरुको उपस्थितति रहनुका साथै नारायणगढ जेसीज वर्ष २०१३ का शाखा अध्यक्ष सिनेटर बिष्णु लम्साल, वर्ष २०१५ का शाखा अध्यक्ष तथा अध्यक्ष सल्लाहकार  सिनेटर नमराज फुयाल,वर्ष २०१८ का शाखा अध्यक्ष तथा अध्यक्ष सल्लाहकार जेसी अर्जुन अधिकारी, वर्ष २०१९ का शाखा अध्यक्ष श्री बिकासमान श्रेष्ठ, वर्ष २०२० का शाखा अध्यक्ष श्री अनोज जोशी, वर्ष २०२१ का शाखा अध्यक्ष तथा सदस्यता अभिवृद्धि समिति प्रमुख सिनेटर वासुदेव दवाडी सहितको गरिमामय उपस्थिति रहेको थियो।


तालिम आयुत्त जेसी सन्तोष पण्डितले स्वागत मन्तव्य र निर्देशक जेसी आशिष खरेलले धन्यवाद मन्तव्य राख्नु भएको उक्त सभाको  संयोजन निर्देशक जेसी आशिष खरेलले गर्नु भएको थियो।

साथै अवसरमा नारायणगढ जेसीजका सदस्यता अभिवृद्धि समिती सदस्य जेसी सुसिल सापकोटाज्यूको परेको शुभ जन्मदिन पनि मनाईयो।

जय जेसीज????

JCI News Archive