जेसिज सप्ताह शुरुः उत्कृष्ठ अंक ल्याउने साउँद र रावललाई सम्मान

2024-07-15

टीकापुर, असार ३०

टीकापुरस्थित टीकापुर जेसिजको मुख्य वार्षिक कार्यक्रम जेसिज सप्ताह आजदेखि शुरु भएको छ । सात दिनसम्म सात जना जेसिजको संयोजकत्वमा हुने विविध कार्यक्रम जेसिज सप्ताहमा हुने गरेका छन् ।

जेसिज सप्ताहको उद्घाटन हालै प्रकाशित एसइई परीक्षाको नतिजामा टीकापुर क्षेत्रमै उत्कृष्ठ नतिजा ल्याउने छात्र हेमन्तबहादुर साउँद र छात्रा बिनु रावललाई सम्मान गरिएको छ । 

परीक्षामा ४ जिपिए अंक ल्याएका साउँदले टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय र ३.९५ जिपिए अंक ल्याएकी रावलले टीकापुरकै माउण्ट सैपाल इन्टरनेशनल एकाडेमीबाट एसइई उत्तीणर् गरेका थिए । टीकापुर जेसिजले उनीहरुलाई सम्मान पत्र, नगद तथा स्टेशनरी हस्तान्तरण गर्दै सम्मान गरेको हो । 

जेसिज सप्ताह कार्यक्रमको उद्घाटन गर्दै टीकापुर जेसिजका पूर्व अध्यक्ष कीर्तिसिंह बमले समाजलाई चाहिने असल नागरिक उत्पादन गर्ने जेसिज अभियानले समाजमा सकारात्मक सन्देश दिनुपर्ने बताए ।

‘यस क्षेत्रका विकास निर्माणका मुद्दा हुन् अथवा सामाजिक मुद्दामा जेसिज युवाहरुले रचनात्मक र सकारात्मक सन्देश दिन आवश्यक छ’ प्रमुख अतिथि बमले भने ‘हाल हाम्रो समाजमा सकारात्मक भन्दा पनि नकारात्मक सोचको विकास हुँदै गएको छ, यो दुर्भाग्यपूणर् छ, तसर्थ जेसिजले भावी सन्ततीका लागि समेत सकारात्मक सन्देश दिन जरुरी छ ।’

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले जेसिज सप्ताहमा नयाँ र रचनात्मक कार्यक्रममा माध्यमबाट युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए ।

विगतमा शैक्षिक नगरीको पहिचान बनाएको टीकापुरलाई आज सम्मानित भाई बहिनीले फेरि एकपटक शैक्षिक नगरीको सम्भावनाको संकेत दिनु भएकोमा खुशी लागेको छ’ अध्यक्ष रावलले भने ‘रचनात्मक कार्यक्रमहरुका माध्यमबाट समाजमा योगदान पुर्याउन जेसिजहरु सक्रिय हुनुपर्दछ ।’

कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्ष श्यामराज पाण्डे, वीरेन्द्र विद्यामन्दिर मा.वि.का सहायक प्रधानाध्यापक डाक्टर योगेन्द्र बजगाई, माउण्ट सैपाल इन्टरनेशनल एकाडेमीका प्रधानाध्यापक छत्रराज जोशी, टीकापुर जेसिजका पूर्व अध्यक्ष टोपप्रकाश वि.क. लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका संयोजक एवं टीकापुर जेसिजका उपाध्यक्ष टेकेन्द्र सिंह विष्ट मानसले धन्यवाद व्यक्त गरेको कार्यक्रमको अध्यक्ष जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्टले गरेका थिए भने सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । 

जेसिज सप्ताह अन्तर्गत भोलिदेखि सरसफाई तथा वृक्षारोपण, स्वास्थ्य सचेतना, कृषि सम्भाव्यताका लागि विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम, लागुऔषध दुव्र्यसनी विरुद्ध अभिमुखीकरण, ट्राफिक सचेतना तथा सुस्त गति मोटरसाइकल दौड र खेलकुद सामग्री वितरण तथा समापन कार्यक्रम हुनेछन् ।

JCI News Archive