टीकापुरमा जारी जेसीज सप्ताह अन्तर्गत आज सरसफाई तथा वृक्षा रोपण कार्यक्रम गरिएको छ । टिकापुर जेसीजको आयोजनामा, कालिका मन्दिर टीकापुरको परिसरमा टीकापुर जेसीजले सरसफाई र विरुवा रोपेर कार्यक्रम गरेको हो ।
जेसिज सप्ताह कार्यक्रमको दोस्रो सरसफाई तथा वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै टीकापुर जेसीजका पूर्व अध्यक्ष श्याम राज पाण्डेले मानिष जन्मिदै स्वास लिएर आएको र त्यो स्वास अक्सिजनले चल्ने हुदा वृक्षा रोपण महत्वपुर्ण कार्य रहेको बताउदै हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको बताय।
कार्यक्रममा टीकापुर जेसिजका पूर्व अध्यक्ष टोप प्रकाश वि.क.ले हेर्दा सुन्दा सामान्य लाग्ने सरसफाई तथा वृक्षा रोपण कार्यक्रमले विश्व अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पुराउने बताए ।
वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपुराई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुराएको कार्यक्रमका संयोजक एवं सभाध्यक्ष तथा टीकापुर जेसिजका युवा परिचालन संयोजक सुमित रावलले बताए।
कार्यक्रममा टीकापुर जेसिज र कालिका सेवा समितिका वर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो भने सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए ।