टीकापुर, साउन २
टीकापुर जेसिजको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन ट्राफिक सचेतना तथा सुस्त गति मोटरसाइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । देशमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागी टीकापुर जेसीजले जेसीज सप्ताहको अवसरमा कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं टीकापुर जेसिजका पूर्व अध्यक्ष प्रकाश शाहले कार्यक्रम उदघाटन गर्दै चालक सचेत नहुदा थुप्रै घटना भएको र यस्ता कार्यक्रमले दुर्घटना न्युनिकरणमा मदत पुग्ने बताए।
नेपालमा दैनिक पाँचदेखि सातजनाको सवारी दुर्घटनाका कारण अकालमा ज्यान जाने गरेको तथ्याङ्क छ । वार्षिक यो सङ्ख्या करीब २ हजार पुग्छ । विशेषगरी वर्षायाम र चाडपर्वका बेला सवारी दुर्घटना बढी हुने गरेका छन् । यद्यपि, सानाठूला दुर्घटना भने सधैं नै भइरहेका छन् । सडक तथा सवारीको क्षमताभन्दा बढी गतिमा सवारी चलाउनु पनि दुर्घटना हुनुको कारण हो । दुर्घटनामा मोटरसाइकल बढी पर्ने गरेको र ट्राफिक नियम पालना गर्दा दुर्घटना न्युनिकरण हुने कार्यक्रमका विशिष्ट अतिथि एवं टीकापुर अस्थाई ट्राफिक प्रहरी पोष्टका इन्चार्ज टेक बहादुर चन्दले बताए।
ट्राफिक सचेतनाका लागी सुस्त गति मोटरसाइकल दौड प्रतियोगितामा २० जनाको सहभागिता रहेको थियो।प्रतियोगितामा प्रबिन चौधरी प्रथम, अमृत चौधरी दृतिय र पूर्ण बहादुर रावल तृतिय भएका छन।
कार्यक्रमका संयोजक सुनिल चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन महासचिव भरत भण्डारीले गरेका थिए।