बाेलबम मेलामा जेसीजद्वारा निशुल्क पानी र मही बितरण

2024-07-22

देवघाट, साउन ७

देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

बोलवम मेलामा आएका भक्तजनहरुकोलागि देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही करिब २ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो । देवघाटधाममा साउन महिनाको हरेक सोमबार बोलवम मेला लाग्ने हुँदा उक्त मेला अवधिभर देवघाटधाम जेसीजले निशुल्क पानी र मही वितरण गर्ने अध्यक्ष मल्लले बताए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा देवघाटबृक्ष
JCI News Archive