देवघाटधाम जेसीजद्वारा मही वितरणमा निरन्तरता

2024-07-29

देवघाट, साउन १४

देवघाटधाममा साउन महिनाको प्रत्येक सोमबार हुने बोलवम मेलामा सहभागी हुन आएका तथा वेणी संगममा स्नान गर्न आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा मही वितरण गरेको छ ।

देवघाटधाम जेसीजको संयोजन तथा चितवन र नवलपुरका छिमेकी जेसीज शाखाहरूको संयुक्त आयोजनामा भक्तजनहरुकोलदागि निशुल्क पानी तथा मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले बताए ।

उक्त कार्यक्रममा महिलाहरुद्वारा सन्चालित देवघाट स्थित चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी संस्थाबाट उत्पादित मही साउनको दोश्रो सोमबार करिब ४ हजार भक्तजनलाई निशुल्क रूपमा वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

उक्त कार्यक्रम गलेश्वर आश्रम स्थित सिद्धेश्वर महादेवको मन्दिर परिसरमा भएको थियो । देवघाटधाममा साउन महिनाको हरेक सोमबार बोलवम मेला लाग्ने हुँदा उक्त मेला अवधिभर देवघाटधाम जेसीजले निशुल्क पानी र मही वितरण गर्ने अध्यक्ष मल्लले बताए ।
सो कार्यक्रममा देवघाटधाम जेसिजका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

JCI News Archive