लगातार तेस्राे हप्ता सम्म निशुल्क पानी र मही वितरण

2024-08-06

बोलबम मेलामा भक्तजनहरूलाई नि:शुल्क मही वितरण गर्दै देवघाटधाम जेसीज

images
  • 84
    SHARES
  •    
    श्रावण २१, २०८१ सोमबार
    बोलबम मेलामा भक्तजनहरूलाई नि:शुल्क मही वितरण गर्दै देवघाटधाम जेसीज

    देवघाट श्रावण २१

    तनहुँको देवघाटधाममा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्दछ । यस वर्ष पनि हरेक वर्षमा जस्तै बोलबम मेलामा भक्तजनहरूको ठुलो संख्यामा भिड देखिन्छ । सोही भिडलाई मध्येनजर गर्दै देवघाटधाम जेसीजले नेतृत्व गरी हरेक सोमबार बोलबम मेला भर्न आएका भक्तजनहरूलाई नि:शुल्क पानी तथा मही वितरण गरेका छन्  ।

    454194152_476183225048297_5690336923054423395_n.jpg

    आज ( सोमबार) श्रावणको तेस्रो हप्ता पनि देवघाटधाम जेसीजको नेतृत्वमा नि:शुल्क पानी तथा मही वितरण गर्दै देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले भने "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो"भन्ने मुल मन्त्रका साथ कार्यक्रम आयोजना गरिएको बताए । टन्नलापुर घाममा टाढाटाढाबाट भक्तजनहरू देवघाट आउने गर्छन् उनिहरूलाई केही गर्न नसकेता पनि तिर्खाएको बेला पानी र मही मार्फत  प्यास मेटाउने प्रयास मात्रै गरेको हौँ अध्यक्ष मल्लले भने ।

    454237265_476183575048262_1331480424162286302_n.jpg

    देवघाटधाम जेसीजले गत वर्षहरूमा जस्तै यसवर्ष पनि आफ्नै नेतृत्व तथा चितवन,नवलपुरमा रहेका छिमेकी शाखाहरु र लियो क्सव अफ देवघाट चौतारीको सहयोगमा पवित्र तिर्थस्थल देवघाटमा लागिरहेको साउने मेला" बोलमब" भर्न आएका तिर्थालु भक्तजनहरुलाई पानी तथा मही वितरण गरिएको छ । दोस्रो हप्ताको बोलबममा चार हजार भन्दा बढी भक्तजनहरूलाई नि:शुल्क पानी तथा मही बितरण गरिएकाेमा आज तेस्रो हप्ता अझ बढी ७ हजार भन्दा बढि भक्तजनहरूलाई पानी तथा मही वितरण गर्न सफल भएको देवघाटधाम जेसीजका महासचिव जेसी प्रसन्न ढकालले जानकारी दिए ।

    454035144_476183455048274_1792159212474653365_n.jpg

    देवघाटधाम जेसीज स्थापना भएदेखि बोलबम मेलामा विभिन्न  कार्यक्रमहरूको आयोजना गर्दै आएको र पानी वितरण कार्यक्रमलाई भने हरेक वर्ष निरन्तरता दिदै आइरहेको देवघाटधाम जेसीजका संस्थापक जेसी विकास सापकोटाले बताए । साथै बोलबम मेला भर्न आउनु भएका तिर्थालु भक्तजनहरूले देवघाटधाम जेसीजले पुन्य कमाउने काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

    454041046_476183625048257_7442570508744587491_n.jpg

    उक्त कार्यक्रममा नारायणगढ जेसीजका अध्यक्ष जेसी राजेन्द्र भट्टराई, गैंडाकाेट जेसीजका अध्यक्ष जेसी राजेश पाैडेल, बिसहजार जेसीजका अध्यक्ष जेसी लक्ष्मण अधिकारी, नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी हिमा श्रेष्ठ र देवघाटधाम जेसीजका बाेर्ड तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

    454230885_476182831715003_6057506246518662854_n.jpg


    JCI News Archive