दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य एवं उपप्रमुख चेतना चौधरीको विशिष्ट आतिथ्यमा जेसीज सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले दाङ महिला जेसीजले सामाजिक क्षेत्रमा गर्दै आएको कामबाट समाजमा सकारात्मक प्रभाव परेको बताएका थिए । व्यक्तित्व र नेतृत्व विकासमा अग्रसर संस्थाका रुपमा रहेको दाङ महिला जेसीजले थुप्रै नेतृत्वकर्ता उत्पादन गर्न सफल भएको बताएका थिए । कार्यक्रममा दाङ महिला जेसीजकी सस्थापक अध्यक्ष निर्मला गौतम, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्साल, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष रविकिरण केसी, तुलसीपुरनगर जेसीजका अध्यक्ष पूर्णविक्रम डाँगी, लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष ओविन्द्र महरा, लायन्स क्लव अफ नारायणपुर सिटीका अध्यक्ष अभियान बस्नेत, बह्मकुमारीज इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र घोराहीकी अन्जना दिदी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयलगायतले शुभमकामना मन्तव्य व्यक्त गरेका थिए ।
मूल संयोजक- जेसी मिना भण्डारी
संयोजक - जेसी भिमा डी सी
आस्था पाठ - जेसी लक्ष्मी चौधरी
धन्यवाद मंतव्य - जेसी अर्चना शर्मा
सहजीकरण- जेसी सुनिता अधिकारी