Project सक्रिय बाट सुरु भयो JCI काभ्रे को समुदाय मा जेसीज

2024-08-21

यो काभ्रे जेसीजको एउटा सामुदायिक विकास पहल हो, जसमा समुदायको हितका लागि " Project सक्रिय " गर्दै, सामाजिक दायित्वको अनुभूति र समृद्धि प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। यसमा निम्न क्रियाकलापहरू समावेश हुने छन् :- 


१) स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्ने समुदायिक कार्यक्रमहरू वा परियोजनाहरूको आयोजना।

२) समुदायमा नेतृत्व र विकासलाई प्रोत्साहित गर्ने।

३) समुदाय सुधारको लागि स्थानीय संस्थाहरूसँगको सहकार्य ।

काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त आयोजनामा “परियोजना सक्रिय“ समुदायमा जेसीज को उद्घाटनको अवसरमा सुरु गरेको छ। आजको कार्यक्रमले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूका लागि चेतना फैलाउने उद्देश्य राखेको छ। यस अभियानले यात्राको दौरान सुरक्षित र सभ्य यात्राका मापदण्डहरू बारेमा जनचेतना अभिवृद्धि गर्नेछ । सार्वजनिक यातायातमा विश्वास विकास गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको थियो। जिल्ला ट्राफिक, यातायात समिति, र काभ्रे जेसीजको समन्वयमा सम्पन्न यस कार्यक्रमले यात्रुहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्दै सार्वजनिक यातायातप्रतिको विश्वासलाई बलियो बनाउन जनचेतना अभिवृद्धि गरायो। कार्यक्रमको मुख्य उद्देश्य सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको लागि सुरक्षा र सचेतनालाई प्रवर्द्धन गर्नु हो।

JCI News Archive