आज मिती २०८०-०१-२४ गते तद अनुशार २०२४ मे ६ तारीक सोमबारका दिन जेसिआई पोखरा लेडी बर्ष २०२४ का अध्यक्ष जेसि गायत्री फुयालज्युको शभाअध्यक्षमा एवं पोखरा महानगरपालीका वडा नं १७ का वडा अध्यक्ष श्री राधिका शाही ज्युको प्रमुख अातिथ्यता साथै नेपाल जेसिजका राष्टिय उपाध्यक्ष एवं कुशल प्रशिक्षक जेसि नबराज उपाध्यायज्यु को प्रमुख प्रशिक्षकत्वमा पोखरा १७ ड्यामसाइडस्थित होटलस्टेको शभाहलमा empowering Jaycees excelling business ट्रेनिड्ग सम्पन्न गरीयो । कार्यक्रमा पोखरा लेडी जेसिजका लागि निरुपित राष्टिय उपाध्यक्ष जेसि अमर घिमिरेज्युको गरीमामय उपस्थिती रहेको थियो । ट्रेनिडमा मात्रिशाखा जेसिआई पोखरा बर्ष २०२४ का अध्यक्ष जेसि देवराज शर्मा ज्यु , लेखनाथ जेसिजबाट उपाध्याक्ष जेसि निशान गौतम परियार , शुक्लागण्डकि जेसिजबाट अध्यक्ष जेसि रमेश भन्डारी, कानुनी सल्लाहकार जेसि प्रकाश बिक ज्यु को पनि गरीमामय उपस्थिति रहेको थियो कार्यक्रममा जेसिआई पोखरा लेडीबाट उत्साहपुर्ण उपस्थिति प्रशिक्षार्थीहरुको रुपमा सहभागि हुनुभएको थियो । कार्यक्रमको संयोजन संस्थाकी उपाध्यक्ष जेसि करुणा पान्डे ज्युले गर्नुभएको थियो । कार्यक्रम संस्थाकी सचिब जेसी नन्दकुमारी सुबेदी ढुगांनाले गर्नुभएको थियो ।