देवघाटमा बीमा अभिमुखी कार्यक्रम सम्पन्न

2024-08-31

देवघाटधाम जेसीजको आयोजना तथा देवघाट-५ वडा कार्यालयको सहकार्य र शिद्वार्थ प्रिमियर इन्स्योरेन्सको सहजीकरणमा आज(शुक्रबार) बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको प्रमुख अतिथ्य देवघाट गाउँपालिकाका प्रवक्ता तथा देवघाट-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको विशिष्ट अतिथ्य र वडा-५ सदस्य कमला गुरूङ,बुद्धि बहादुर पाण्डे,सरस्वती परियार,याम बहादुर मगर,सामुदायिक वन महासँघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपाने,कालिमा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,देवघाट-४ खानेपानी अध्यक्ष विष्णुप्रसाद अधिकारी,देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा,विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएत कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियोे । 

JCI News Archive