जेसिज को राहत बितरण कार्यक्रम सम्पन्न !

2024-10-21

   म्याग्दि जेसिज द्वारा आज कार्तिक ५ गते सोमबार तदनुसार २१ अक्टोबर २०२४ का दिन गत २०८१ साल भाद्र २१ गते मंगला गाउँपालिका-३, पखेर म्याग्दि मा आएको बाढि पहिरो को कारण घर बास बिहिन भएकि पखेर निवासि लक्ष्मी खड्का को परिवार लाई खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गरिएको छ!           

    बास बाहेक अरु जग्गा जमिन केहि नभएको परिवार को बाडि पहिरो ले बास भत्काएर घर बास बिहिन भएको खड्का परिवार छिमेकी को घर मा बस्दै आएको छ! दुई छोरा कि आमा लक्ष्मि खड्का को  श्रीमान को बर्षौं देखि केहि खवर नभई बेपत्ता रहेको र जेठो छोरा ले खोला मा माछा मारेर अलि अलि भान्छा चलाउने गरेको बताईन! 

   राहत बितरण कार्यक्रम को संयोजन म्याग्दि जेसिज का कोषाध्यक्ष जेसि बिनोद घर्ति  द्वारा गरिएको थियो कार्यक्रम मा म्याग्दिजेसिज का पुर्व अध्यक्ष जेसि बिरेन्द्र श्रेष्ठ सहित म्याग्दि जेसिज का पदाधिकारी तथा सदस्य हरु को उपस्थिति रहेको थियो!

JCI News Archive