बुटवल जेसीजको तालिम सप्ताह : चाैथो दिन Art of Anchoring विषय तालिम सम्पन्न

2019-05-29

बुटवल जेसीज वर्ष २०१९ ले सञ्चालन गरेको तालिम सप्ताह अन्तरगत आज जेठ १५ गते बुटवल उपमहानगरपालिका वडा नम्वर १३ मा ART OF ANCHORING विषय तालिम सम्पन्न भएको छ । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेट निर्मल प्रसाद लाकौल, सिनेटर टंक प्रसाद पोखरेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी राजु उप्रेतिले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर टंक प्रसाद पोखरेलले बुटवल जेसीज नेतृत्व र ब्यक्तित्व विकास गर्ने संस्था भएको बताउँदै तालिम सप्ताहले टोल टोलमा जेसीज अभियानलाई लैजाने काम गरेको बताउनु भयो । यस्तै बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले बुटवल जेसीजमा आवद्ध भएका युवाहरुले अन्यसंघसंस्थामा सफल नेतृत्व दिएको बताउनु भयो । उहाँले वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले पृथक कार्यक्रमको रुपमा तालिम सप्ताह सञ्चालन गरि रचनात्मक कार्यको थालनी गरेको बताउँदै शुभकामना प्रकट गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिक १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले वडा स्तरमा तालिम लिएर आएकोमा बुटवल जेसीजलाई धन्यवाद ब्यक्त गर्नु भयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले तालिम सप्ताहको चौथो दिन बुटवल जेसीजसंग सहकार्य गरेकोमा वडा नम्वर १३ का अधयक्ष तथा समितिका सदस्यहरुलाई कृतज्ञता प्रकट गर्नु भएको थियो ।
तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व अध्यक्ष, यस क्षेत्र प्रख्यात उद्घोषक जेसी गोपाल प्रसाद अधिकारीले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी राजिव गौतम र जेसी विष्णुपुरीले गर्नु भएको थियो । जेठ १६ गते बुटवल जेसीजको हलमा Effective Meeting Procedure & minute writing विषय तालिम विहान ११ बजे देखि सुरु हुने छ । उक्त तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डेले प्रमुख प्रशिक्षको रुपमा प्रशिक्षण दिनु हुने तालिम सप्ताहका निर्देशक जेसी रमेश अर्यालले बताउनु भएको छ ।



JCI News Archive