बुटवल जेसीजको तालिम सप्ताह : पाँचाै दिन Effective Meeting Procedure & minute writing विषय तालिम सम्पन्न

2019-05-30

बुटवल जेसीजले सञ्चालन गरेको तालिम सप्ताह अन्तरगत पाचौं दिनको तालिम सम्पन्न भएको छ । बुटवल जेसीजको आफ्नै हलमा भएको तालिम बुटवल उपमहानगरपालिका वडा नं. ८ संगको सहकार्यमा सम्पन्न भएको हो ।

सात दिन सात तालिम नारा दिएर सुरु गरिएको तालिम सप्ताहको पाचौं दिन Effective Meeting Procedure & minute writing विषयक तालिम सम्पन्न भएको हो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष भिम वहादुर श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।

उहाँले बुटवल जेसीजले प्रदान गर्ने तालिमहरु प्रभावकारी हुने बताउँदै आफ्नो वडासंग सहकार्य गरेकोमा खुसि ब्यक्त गर्नु भयो । कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष तथा हिजो सम्पन्न उद्घोषण कला तालिमका प्रमुख प्रशिक्षक जेसी गोपाल प्रसाद अधिकारीले बुटवल जेसीजले तालिम सप्ताहको आयोजना गरेकोमा प्रशंसा गर्दैै जेसीज तालिम विश्व विद्यालय भएको बताउनु भयो ।

बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले वर्ष २०१९ पुर्णरुपमा बुटवल जेसीजलाई समपर्ण गरेको बताउँदै आफ्नो कार्यकाललाई तालिममय बनाउने प्रतिवद्धता अनुसार तालिम सप्ताह सञ्चालन गरेको बताउनु भयो ।

बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालन गरेको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक जेसी रमेश अर्याल वि ले आस्था वाचन गर्नु भएको थियो ।

तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर गोपाल प्रसाद पाण्डे प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

तालिम ब्यवस्थित बैठक सञ्चालन विधि र माईन्युट लेखनमा केन्द्रित थियो । सहभागिहरुले तालिम अत्यन्त फलदायि भएको बताउँदै आफ्नो टोल र संस्थामा बुटवल जेसीजले सिकाएका कुरा लागु गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । कार्यक्रमको समापन समारोहको सञ्चालन तालिम निर्देशक जेसी रमेश अर्यालले गर्नु भएको थियो ।


JCI News Archive