दमक जेसीजको जेसीज सप्ताह २०२४ समुद्घाटन तथा जेसीज धारा अनावरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य माननीय होमबहादुर थापा, विशिष्ट अतिथि दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईं, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्था का अध्यक्ष रवि केसी न्यौपाने रहनुभएको थियो। दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँगको सहकार्यमा निःशुल्क शुद्ध पिउने पानी को धारा जडान गरी दमक ८ स्थित निर्माणाधीन दमक जेसिज सामुदायिक तालिम भवन निर्माणस्थल नजिकको समुदायलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष ज्यूहरू, सिनेटर ज्यूहरू, स्थानीय बासी टोल विकास संस्थाका प्रतिनिधि लगायत १५० जना भन्दा बढीको उपस्थिति रहेको थियो। जेसीज सप्ताहका मूल संयोजक जेसी उमेश गजमेरज्यूले जेसी सप्ताह अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरू को बारेमा प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रमको संयोजक जेसी रुबल अधिकारी रहनुभएको थियो। कार्यक्रम दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूको अध्यक्षतामा भएको थियो। करिब २५ हजार भन्दा बढी रुपैयाँ को धारा दमक खानेपानीसँगको सहकार्यमा निःशुल्क जडान गरिएको थियो।