दमक जेसिजको जेसीज सप्ताह २०२४ अन्तर्गत मैत्रीपूर्ण फुट्सल खेल २० मङ्सिर २०८१ मा सम्पन्न भएको छ। प्रजिता एकेडेमी दमक १ को फुट्सल ग्राउन्डमा भएको उक्त कार्यक्रमको उद्घघाटन दमक वडा नम्बर १ का अध्यक्ष हरि न्यौपानेज्यू ले गर्नुभएको थियो । मैत्रीपूर्ण फुट्सल खेलमा दमक उद्योग वाणिज्य सङ्घ, पत्रकार मञ्च, जनप्रतिनिधि तथा दमक जेसिज सहित चारवटा टिमको सहभागिता रहेको थियो। मैत्रीपूर्ण फुट्सल खेलमा आयोजक दमक जेसिज प्रथम भएको थियो। प्रमुख अतिथिज्यू बाट उपस्थित सम्पूर्ण सहभागी टिमलाई सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। दमक जेसिज का खेलकुद संयोजक जेसी सुमन कुमाल उक्त कार्यक्रमको संयोजक रहनुभएको थियो। विजयी दमक जेसिज को टिमलाई प्रमुख अतिथिज्यूले शिल तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो। वक्ताहरूले स्वास्थ्य जीवन र भाइचाराको लागि खेल महत्वपूर्ण रहेको बताउनुभयो। मैत्रीपूर्ण फुट्सल खेलको सभापतित्व दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यूले गर्नुभएको थियो।